काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको छ ।
बैठकमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा साँझ बालकोट पुगेका थिए । देउवाअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए ।
बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले शीर्ष दलका नेतासँग भेटघाट तथा छलफल तीव्र पारेका छन् ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अनुमोदन गराउन कुनै हिसाबले पनि सहयोग गर्न तयार नभएपछि एमालेको साथ खोज्दै कांग्रेस नेताहरु पुन बालुवाटार पुगेका हुन् ।
Leave a Reply