Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको किएभनजिकै रहेको हवाई मैदान नियन्त्रणमा लिएको रुसको दाबी

एजेन्सी । युक्रेनको राजधानी किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको रुसले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार किएभबाट ७ किलोमिटर (४ माइल) उत्तरपश्चिममा रहेको रणनीतिक होस्टोमेल एयरफिल्डलाई कब्जा गरेको र प्याराट्रूपर्सलाई उक्त क्षेत्रमा अवतरण गराएको हो ।

उक्त एअरफिल्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले बताएको छ।

उक्त कब्जासँगै पश्चिमबाट सेनाहरुको किएभमा पहुँच अवरुद्ध भएको छ। साथै, पूर्वी युक्रेनमा मस्को(समर्थित पृथकतावादी सेनाहरूले युक्रेनी सेनालाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।

यस्तै पश्चिमा देशहरू रुसविरुद्ध एकबद्ध भएको बेला चीनले युक्रेनमाथि गरेको रुसी आक्रमणको खासै निन्दा गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077