Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेन संकट : बेलायती विमानलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने रुसको घोषणा

    युक्रेन संकट : बेलायती विमानलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने रुसको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बेलायतबाट हुने सबै उडानहरुलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने रुसले घोषणा गरेको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेको जवाफमा बेलायतले रुसी ध्वजाबाहक ‘एरोफ्लोट’लाई बेलायती आकाशमा प्रतिबन्ध लगाएपछि रुसले यस्तो घोषणा गरेको हो ।



    बेलायतसँग सम्बन्धित संस्थामा दर्ता गरिएका, स्वामित्व लिइएका, भाडामा लिइएका वा सञ्चालन गरिएका विमानहरुलाई रुसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको रुसी उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।



    यस्तै रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको दावी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार