Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोपेली संघद्धारा रुसमाथि ठूलो प्रतिबन्धको घोषणा

एजेन्सी । रुसमाथि युरोपेली संघ (ईयू)ले प्रतिबन्ध लगाएको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै ईयूले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसविरुद्ध वित्तीय क्षेत्र, ऊर्जा, यातायातका साथै केही रुसी अधिकारीलाई भिसामा समेत प्रतिबन्ध लगाएको दिइन् । शुक्रबार बिहान बसेको ईयूको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिइन् ।

अहिले लगाइएको प्रतिबन्धसँगै अब रुसले आफ्नो तेल प्रशोधन केन्द्रको स्तरोन्नतिको लागि आवश्यक प्रविधि खरिद गर्न नपाउने युरोपेली आयोगकी प्रमुखले बताइन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले भनेकी छिन्, ‘ठूलो प्रतिबन्धको प्याकेज गएराति पारित भएको छ र यसले ईयू कति संगठित छ भन्ने देखाएको छ।’

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहायताका साथै सैन्य उपकरणहरु पनि दिइने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077