Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे धारणा बनाउन जसपाको बैठक बस्दै

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । एमसीसीमा आवश्यक धारणा बनाउन ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।

अध्यक्ष उपेन्द्र यादव एमसीसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई एमसीसी जसरी पनि पारित गर्नुपर्ने कसरतमा जुटेका छन् । एमसीसीका सम्बन्धमा जसपामा एकमत छैन ।

आन्तरिक विवादको कारणले लामो समयदेखि जसपाको बैठक बस्न सकेको छैन । जसपाको आजको बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमसीसीमा छलफल गरिने कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077