Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र एमालेबीच आज संसद् बैठक बस्नुअघि निर्णायक वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि वार्ता हुने भएको छ ।

अमेरिकी सहायता सम्झौता अनुमोदनका लागि प्रयासरत प्रधानमन्त्री देउवाले दौडधुप तीव्र पारेका हुन् । एमाले र कांग्रेका नेताहरुबीचको हिजो राति बसेको बैठक निष्कर्षविहीन सकिएको थियो । दुई पक्षबीच आज हुने छलफल निर्णायक मानिएको छ । समय र स्थान अहिले सम्म यकिन भएको छैन ।

प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक रोकेर संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए ।

त्यसपछि पुनः राति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पनि कांग्रेस र एमालेबीच वार्ता भएको थियो । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि पनि दुवै पक्षबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077