Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन-रुस तनाव : युक्रेनका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशमा सेनाको परिचालनको आदेश दिएका छन् । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका हुन् ।

एक भिडियो सन्देशमार्फत उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएका छन् । भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने भएका छन् । युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन् । रुसले आक्रमण गरेको पहिलो दिन युक्रेनमा १३७ जनाको मृत्य भएको युक्रेनी राष्ट्रपति जेलेन्सकी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077