Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन कायमै छ : मन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन कायमै रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुसँगको वार्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका हुन् ।

‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले भने,‘सरकारले नै ल्याएको प्रस्ताव हो।’ उनले दलहरुसँग छलफल र वार्ता जारी रहेको भन्दै विभिन्न विकल्पमा छलफल भइरहेको समेत जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077