Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र एमाले नेताहरुबीचको वार्ता निष्कर्षविहीन सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी रहेका थिए ।

भेटवार्तामा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको सन्दर्भमा छलफल भएको बताइएको छ । वार्ता सकारात्मक भएको तर अझै पनि ठोस निर्णयमा पुग्न नसकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एमसीसी सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077