Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेनमा रूसले गरेको आक्रमणमा परेर ४० सैनिक र १० जना सर्वसाधारणको मृत्यु

एजेन्सी । रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको छ । तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिए ।

रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।

जनतालाई अनिवार्य सैनिक सेवाका लागि अह्वान पनि गरिएको छ। हाल २ लाख युक्रेनी सैनिक छन्। पछिल्लो जानकारी दिँदै युक्रेनी सीमा अधिकारीहरूले रूसी सेनाको हेलिकप्टरले गोसोमेलमा आक्रमण गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077