Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपामा जिम्मेवारी बाँडफाँट, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनपछि रिक्त रहेको विभिन्न विभागलाई पुर्णता दिएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम सात वटा विभागमा मनोनयन गरेका हुन् ।

भर्खर राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै महामन्त्री राजेन्द्र गुरुङ संयोजित संगठन समन्वय विभाग प्रमुख, प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुख, प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख, केन्द्रीय सदस्य आनन्द अधिकारी प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077