Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले नेताहरु फेरि बालुवाटारमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

अध्यष ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।

यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् ।

संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग छलफल गरेर ओली देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । एमसीसी र सदन खुलाउने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077