काठमाडौँ । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा नेपालले घरेलु टोली ओमानविरुद्ध सहज जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ।
बिहीबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा घरेलु टोली ओमानलाई ९ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको सुखद् अन्त्य गरेको थियो।
८८ रनको बिजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १६.२ ओभरमा मात्र १ विकेट गुमाउंदै ९० रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५५ रनको योगदान दिँदा अर्का ओपनर आसीफ शेखले १३ र आरिफ शेखले २१ रन जोडे।
यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८७ रन बनायो । ओमानका लागि कप्तान जसिन मस्कुदले सर्वाधिक २१ रन बनाए।
ओमानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए।
Leave a Reply