Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओमानविरुद्ध सुरुवाती बलिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट ए को तेस्रो स्थानको लागि नेपालले घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा भएको टस ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियालाई बेन्चमा राख्दा युवा स्पिनर सागर ढकाललाई मौका दिएको छ । टोलीमा अन्य परिवर्तन भने भएको छैन । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् ।

नेपालको प्लेइङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, सागर ढकाल, विवेक यादव र अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077