Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रुकुममा टिपर पल्टिँदा दुईको मृत्यु

    रुकुममा टिपर पल्टिँदा दुईको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रुकुम । रुकुम (पूर्व)को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए ।



    उपचारका क्रममा उनीहरुको मृत्यु भएको उनले बताए । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।



    निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार