Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

संसद् बैठकमा एमसीसी टेबल भएको दिन गएको आइतवार प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ ।

सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।

एमसिसी संसदमा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठन आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आजबाट आन्दोलन अझै चर्काउने घोषणा गरेका छन् । यस्तै नेत्र विक्रम चन्द नेतृत्वको नेकपासहित ६ वटा दलले पनि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077