Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयनमा ल्याउने

काठमाडौं । घरजग्गा, गाडी र सेयर कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयनमा ल्याउने भएको छ ।

अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गर्दै बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन पठाउँदै केन्द्रीय बैंकले घर गाडी खरिदका दिइने ऋण, व्यक्तिगत ओभरड्राफ्ट ऋण, घरजग्गा र सेयरमा जाने ऋणको जोखिम भार आगामी असारबाट कार्यान्वयनमा आउने जनाएको हो ।

हायर पर्चेज र ओभरड्राफ्ट ऋणको जोखिम भार पहिले ७५ प्रतिशत थियो । त्यस्तै, सेयर धितोमा दिइने ऋणको जोखिम भार पनि १५० प्रतिशत पु¥याइएको छ । यसअघि यस्तो भार १०० प्रतिशत मात्र थियो । त्यस्तै, ट्रस्ट रिसिप ऋणको जोखिम भार पनि १२० प्रतिशत बनाइएको छ ।

राष्ट्र बैंकले सो क्षेत्रलाई अनुत्पादक मानेर कर्जामा थप कडाइ गर्नेगरी जोखिम भार बढाएको हो । कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा सेयर धनीको पुँजीबाट र निक्षेप संकलनबाट तोकिएको प्रतिशत जोखिम भार वहन गर्नुपर्नेहुन्छ ।

जोखिम बढी हुने क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले न्यूनतम पुँजीकोष अनुपात थप गर्नुपर्नेहुन्छ । यसो गर्दा एकातिर बैंकलाई पुँजी जुटाउन समस्या पर्छ भने अर्कोतिर लागत बढ्छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077