Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : सेनालाई अघि बढ्न रुसले अनुमति दिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युरोपमा ठूलो युद्धको तयारी गरेको चेतावनी दिएका छन् ।

दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राज्यको मान्यता प्रदान गरी त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत गरेको उनको दावी छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको प्रस्तावको जवाफ रुसी राष्ट्रपतिले नदिएको बताएका छन् । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमणलाई स्वीकृत गरेको उनको भनाई छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा करिब दुई लाख सैनिक तैनाथ गरेको जेलेन्स्कीको दावी छ । बुधबार अबेर टेलिभिजन सम्बोधन मार्फत युक्रेनी नागरिकको चाहना शान्ति रहेको बताए ।

युक्रेनी अधिकारी पनि शान्तिको खोजीमा रहेको उनले बताएका छन् । उनले रुसी नागरिकलाई सिधा सम्बोधन गरी शान्तिको कामना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077