Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी सम्झौता पारित गर्न शीर्ष नेताहरूमाथि दबाब

काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो ।

सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् ।

त्यसै कारण दुवै नेतालाई आफैँले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गरेको आग्रह नकार्ने अवस्थामा उनीहरू छैनन् किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा। भट्टराई बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिँदै यसमा राष्ट्रघाती विषय नरहेको यसअघि नै बताइसकेका छन् तर एमालेले संसद् अवरोध जारी राखेको छ ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेको भूमिका के हुन्छ भन्ने विषयमा ओली बोलेका छैनन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। भट्टराईले एमसीसी ढिला नगरी अनुमोदन गर्नुपर्ने बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077