Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

एजेन्सी । युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । सुरक्षा परिषद् बैठकले रूससँग युद्धको आशंकाबीच आगामी ३० दिनका लागि संकटकाल घोषणा गरेको हो ।

हाल यो आपतकालको अवधि ३० दिनको हुनेछ, जसलाई अझै लम्ब्याउन सकिन्छ । एएफपीका अनुसार युक्रेनको सुरक्षा परिषदले राष्ट्रिय संकटकाल लगाउने निर्णयलाई अनुमोदन गरेको छ ।

युक्रेनको संसदले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहमति दिनुपर्नेछ । तर, संसदले अबको केही मिनेट वा एक घण्टामा पनि यस विषयमा सहमति दिन सक्छ ।

यो आपतकालीन अवस्था डोनेस्क र लुहान्स्क बाहेक सम्पूर्ण युक्रेनमा लागू हुनेछ । यी क्षेत्रहरू पृथकतावादीहरूको कब्जामा रहेको बताइएको छ । यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077