Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता, एमसीसी लगायतका विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग भेटवार्तालाई बढाएका छन् ।

मंगलबार राति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077