Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीमा देउवाले मागे ओलीको साथ, आफूहरूका माग पूरा गर्न ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ ।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच सुरु भएको भेटवार्ता सकिएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेको बुझिएको छ । जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

भेटवार्ताामा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाल सहभागी थिए । संसद्‌मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077