Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड, ल्यापटप लगायतका सामग्री चोरी

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । आज मङ्गलवार दिउँसो स्काउटको कार्यालयमा कर्मचारीलाई हातापात गरी तोडफोड भएको र ल्यापटप लगायतका सामग्री चोरी भएका हुन् ।

नेपाल स्काउटले पत्रकार सम्मेलन गरी तोडफोडपछि चोरी पनि भएको जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यावसायिक भवनहरू खड्का ल्यान्ड डेभलपमेन्टले भाडामा लिएर अवैध संरचना बनाएको र त्यसलाई रोक्न खोज्दा उनीहरूकै मान्छेहरूले कार्यालयमा तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्का ल्यान्ड डेभलपमेन्डट प्रालीले भाडाबापत तीन करोड १७ लाख आठ हजार नौ सय १० रुपैयाँ नतिरेकाले तिर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको जानकारी दिए ।

यसरी राज्यको आडमा केही व्यक्तिहरूले स्काउटको कार्यालय तोडफोड गरी चोरी गर्ने तथा कर्मचारीलाई धम्की दिने काम निन्दनीय भएको उनको भनाई छ ।

भण्डारीले सार्वजनिक सम्पत्ति कब्जा गर्ने मनसायले स्काउट कार्यालयमा तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई यथाशक्य छिटो पक्राउ गरी कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न माग सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077