Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार अपराह्न राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको हो । राजदूत बेरी ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका थिए ।

दुवै जनाबीच अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।

राजदूत बेरीसँगको भेटवार्तापछि ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनीहरु बीच अहिले भेटवार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077