Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् ।

केहीबेर अघि बालुवाटार पुगेका ओली र देउवाबीच भेटवार्ता जारी छ । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

संसद्‌मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन् ।

एमसीसी टेबल हुनुअघि पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077