Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टी-२० विश्वकप छनोट

    नेपालको विश्वकप खेल्ने सपना गर्भमै तुहियो, यूएईसँग ६८ रनले पराजित

    नेपालको विश्वकप खेल्ने सपना गर्भमै तुहियो, यूएईसँग ६८ रनले पराजित

    आइरल्याण्ड पनि विश्वकपका लागि छनौट

    निर्मल लामिछाने
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । दोस्रो पटक विश्वकप क्रिकेट खेल्ने नेपालको सपना गर्भमै तुहिएको छ । चीरप्रतिद्वन्दी यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालको ८ बर्षपछि पुन: विश्वकप खेल्ने यात्रामा पूर्ण बिराम लागेको हो।

    १७६ रनको बिजयी लक्ष्यसहित ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरको खेलमा आफ्ना सबै विकेट गुमाउँदै मात्र १०७ रनमा समेटियो । नेपालका लागि सर्वाधिक दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले क्रमश: ३८ र २० रनको योगदान दिए।



    पहिलो ओभरमै दुई विकेट गुमाएको नेपालले तेस्रो विकेट पनि मात्र २.५ ओभरमा १४ रन जोड्दा गुमाएको थियो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश: ७ रन र ० रन जोड्दा अर्का ब्याट्सम्यान लोकेश बम गोल्डेन डक रहे।



    यस्तै, आरिफ शेखले व्यक्तिगत ११ रन जोड्दा विवेक यादब र कप्तान सन्दीप लामिछानेले क्रमश: ८ र ४ रन जोडे । जितेन्द्र मुखिया १० र कमलसिंह ऐरीले ४ रन जोड्दा अविनाश बोहोरा १ रनमा अविजित रहे।

    यूएईका लागि बलहरु अमेद राजा एक्लैले ५, जुनिद सिदीक्वले ३,  जोयर खान र रोहन मुस्ताफाले समान एक/ एक विकट लिए ।

    त्यसअघिओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोडेको थियो। युएईका लागि महमद वासिमले ७०, युवा विकेटकिपर वृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७ र जवर फरिदले ११ रनको योगदान दिए ।

    प्रतियोगिताकै खराब बलिङ प्रदर्शन गरेको नेपालका लागि बलहरु अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान ३/३ विकेट र सन्दीप लामिछानेले १ विकेट हात पारे ।

    नेपालसँगको जितसँगै यूएईले विश्वकपका लागि छनोट भएको छ। अब उपाधिका लागि युएईले आइरल्याण्डसँग खेल्नेछ। मंगलबारै सम्पन्न अर्को सेमिफाइनल खेलमा आइरल्याण्डले ओमानमाथि ५६ रनको जित निकालेको छ। जितसँगै आइरल्याण्ड पनि विश्वकपका लागि छनौट भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार