Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप छनोट: यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । ओमानमा जारी आईसीसी टि-२० विश्वकप छनोट 'ए' को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

मंगलबार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा युएईका कप्तान अहमद राजाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसंगै नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपालले आजको खेलमा एक खेलाडीलाई परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा विवेक यादवलाई आजको खेलमा प्लेइङ ११ मा राखिएको छ ।

नेपालले युएईलाई हराए आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् ।

यस्तो छ युएईविरुद्ध नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077