धरान । धरान-भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत भएको छ ।
गत बिहीबार फागुन ४ गते बुधबार बेलुका जेब्रा झोलाभित्र टाउको र खुट्टा भेटिएको थियो। त्यसको भोलिपल्ट झोला भेटिएको अलिपर अर्को झोलामा शरीर भेटिएको थियो। शव भेटिएकाे एक सातापछि सनाखत भएको हाे ।
धरान प्रहरीका अनुसार उक्त शव झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देलको अनुसन्धानमा खुल्न आएको छ । सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।
काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी स्रोतको भनाइ छ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Leave a Reply