Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेन संकट : युक्रेनका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता

    युक्रेन संकट : युक्रेनका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् ।

    स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् । उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन् । रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ ।



    उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन् ।



    घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्ने उल्लेख गरिएको छ।

    एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई ‘विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन’ भन्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार