Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई सहयोग र समर्थन गर्न तीन देशका विदेशमन्त्री युक्रेन भ्रमणमा जाने

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् ।

युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन भ्रमणमा जान लागेका हुन् । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभिस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् ।

उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि युक्रेन जान लागेको जानकारी दिए । मित्र देशको दायित्वअनुसार आफूहरुले यसै हप्ता युक्रेन भ्रमण गर्न लागेको लाट्भीयाका विदेशमन्त्रीले बताए । पछिल्लो केही सातायता रुसले युक्रेनको सीमामा आफ्नो सैनिकको संख्या बढाएको छ।

यससँगै उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका पश्चिमा मुलुकले गर्दै आएका छन् । यद्यपि रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077