Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवाले थाले छलफल

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरू अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषयमा बृहत् परामर्शमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’सँग भेटी एमसीसी अनुमोदन गराउन सहमति जुटाउने प्रयास थालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा देउवाले एमसीसी अनुमोदन गरेर अनुदान सहायता लिनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटमा संसद्मा पेस भएको एमसीसी अनुमोदन गर्ने सन्दर्भमा कुराकानी भएको छ ।

उनले भने, “एमसीसी संसद्मा पेस भइसकेको सन्दर्भमा प्रधानमन्त्रीले त्यसलाई अनुमोदन गर्न शीर्ष तहमा संवाद थालनी गर्नुभएको छ । फागुन १६ भित्र एमसीसी अनुमोदन गर्नुपर्ने भएकाले सहमति जुटाउन सबैसँग छलफल हुनेछ ।”

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका नेताहरूसँग संवाद गरेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077