Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ ।

आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवम् नेपाल स्काउटका संरक्षक ओलीलाई ‘मेधावी योगदान’ प्रदान गरिएको हो ।

नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका र युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक एमाले अध्यक्ष ओलीलाई प्रदान गरिएको हो ।

अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077