Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैतडीमा टिपर दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बैतडी । बैतडीको झालीमालीमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सोमबार पाटन नगरपालिका–३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा स्थानीय सिगास मावि गौरीशंकर पोखरीका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन–३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी

कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । टिपरमा चालकसहित ९ जना सवार थिए । टिपर करिब २ सय मिटर तल खसेको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077