Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्व कप छनोटको सेमिफाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । उनले सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘क्यानडासँगको खेलमा जित निकाल्दै 'टी–२० विश्व कप ग्लोबल छनोट' को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ यस्तै उनले भोलि मङ्गलवार हुने सेमिफाइनल खेलमा पनि विजयी हुँदै नेपाललाई विश्व कपमा छनोट गराउन पनि टिमलाई शुभेच्छासहित शुभकामना दिए । ओमानको मस्कटमा सोमबार भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । मंगलबारको सेमिफाइनलमा यदी नेपालले यूएईलाई हरायो भने नेपाल स्वतस् टी-२० विश्वकपका लागि छनोट हुनेछ ।    

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077