Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट: बलरहरु चम्किँदा क्यानडामाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको समूह चरणको अन्तिम खेलमा नेपालले ८ विकेटको शानदार जित हाँसिल गरेको छ।

८१ रनको बिजयी लक्ष्यसहित क्यानडाविरुद्ध जवाफी ब्याटिङ् गरेको नेपालले १४ ओभरमा मात्र २ विकेटको क्षतिमा ८१ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले क्रमश:३३ र २७  रन जोडे।  यस्तै ओपनर आशिफ शेखले १७ रन जोडे।

यसअघि ओमानस्थित अल अमेरत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्यो । क्यानडाका लागि सर्वाधिक डीलियन हेलिगरले २४, कप्तान नबोदित दलिवालले १८ र रायन पठानले १४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन्।

क्यानडालाई सस्तैमा समेट्न नेपालका लागि बलहरु कप्तान सन्दीप लामिछाने तीन, कमल ऐरी र अविनाश बोहोराले समान दुई/ दुई तथा कुशल मल्लले एक वीकेट हात पारे।

जितपछि नेपाल ग्लोवल क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । तीन खेलबाट ६ अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077