Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैतडीमा टिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु

धनगढी । बैतडीमा टिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा पाँच जना बिद्यार्थीको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी,  ज्ञानु विष्ट र अन्य दुई जना रहेका छन् ।

प्रहरी कार्यालय स्रोतका अनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।

घटनाको थप विवण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077