Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको छ ।

नेपाललाई सेमिफाइनलमा पुग्न जित हात पारे पुग्नेछ । सानो अन्तरको हारले पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।

तर, क्यानडाको लागि भने माथिल्लो चरणमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ। प्रतियोगिता अन्तर्गत नेपालले यस अघि आयोजक ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो ।

सेमिफाइनलमा समूह ए र बीका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा जित हात पार्ने टोली विश्वकपका लागि छनोट हुनेछ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077