Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : युक्रेन छोड्न आफ्ना नागरिकलाई भारतको आग्रह

एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई देश छोड्न आग्रह गरेको छ । रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको हो ।

युक्रेनमा झण्डै २० हजार भारतीय नागरिक रहेका अनुमान रहेको छ । यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु रहेको बताइएको छ ।

यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन् । यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकालगायत पश्चिमा देशहरुसँग रुसको टकराव बढ्दै गएको छ।

उनीहरुले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् भने रुसले यो आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077