Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विवाद र विरोधका बीच जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेको माओवादीको आरोप

काठमाडौं । प्रतिनिधिसभामा एमसीसी सम्झौता पेस भएको घटनाप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा आफ्नो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले विवाद र विरोधका बीच जबर्जस्ती एमसिसी सम्झौता अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

यससम्बन्धमा आफ्नो पार्टीले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरेको उनको दाबी छ ।

यस्तै एमसीसीविरुद्ध सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको निन्दासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077