Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीबारे भीम रावलले भने- स्वतन्त्र स्वाभिमानी नेपालीको अपमान भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य भीम रावलले अमेरिकी मिलिनियम सहयोग परियोजना (एमसीसी) सम्झौताको समर्थन गर्नेहरु राष्ट्रघाती भएको बताएका छन्।

सांसद रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसद्‌मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरे ।

आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन् । ‘स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,’रावलले भने।

पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा नभएको अवस्थामा आज संविधान मिच्ने काम भएको रावलको भनाइ छ।

[insert page='116382' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077