Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्री जोन्सनको खुलासा

एजेन्सी । रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दाबी गरेका छन् ।

अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन् । जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लगिसकेको आफूलाई जानकारी मिलेको बताएका छन् ।

रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट हुने उनले बताए ।

रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा त्यसको मानवीय मूल्य निकै भयानक हुने भएकाले यसको गम्भीरता बुझ्नु पर्ने जोन्सनले जोड दिए ।

यस्तैअमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसले युक्रेनमाथि आक्रमणको मनसाय बनाएको भन्ने प्राप्त सूचनाका आधारमा आफू विश्वस्त भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077