Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोे बाइडेनको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिइसकेको दाबी गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही दिनमा आक्रमणका लागि आदेश दिनेमा आफू विश्वस्त भएको बाइडेनको दाबी गरेका हुन् ।

अमेरिकी गुप्तचर निकायको सुझावमा आफू उक्त निष्कर्षमा पुगेको बाइडेनको भनाई छ । रुसी आक्रमणको निसाना युक्रेनको राजधानी किभ हुने बाइडेनको दाबी छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ‘रुसी फौजहरू युक्रेनी सीमातर्फ जान थालेका’ जनाएका छन् । रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सैनिक युक्रेनमाथि आक्रमणका लागि तयारी अवस्थामा राखेको अमेरिकाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077