Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युक्रेनमा जुनसुकै बेला पनि हमला हुन सक्ने वाइडेनको दावी

    युक्रेनमा जुनसुकै बेला पनि हमला हुन सक्ने वाइडेनको दावी

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गर्ने निर्णय गरेको अमेरिकी राष्ट्रपति जो वाइडेनले दाबी गरेका छन् ।

    युक्रेनमा आक्रमण गर्ने रुसले निर्णय गरिसकेकाले जुनसुकै बेला हमला हुन सक्ने राष्ट्रपति वाइडेनले दाबी गरेका हुन् । अमेरिकी गुप्चतरले वाइडेनलाई रुसले हमला गर्ने निर्णय गरिसकेको सुचना दिएको बताइएको छ ।



    तर रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना नरहेको बताउँदै आएको छ । रुसले युक्रेनको पूर्वी क्षेत्रमा नक्कली संकट खडा गर्ने र सोही वहानामा आक्रमण गर्ने तयारी गरिरहेको बताइएको छ ।



    युक्रेनमाथि आक्रमण गर्न रुसले सीमा क्षेत्रमा झण्डै २ लाख सेना तैनाथी अवस्थामा राखेको अमेरिकाको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार