काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिन बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने भएको हो ।
अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पछि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा सडकमै उत्रिएका छन् ।
माओवादीले संशोधनबिना एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले आज बस्ने बैठकबाट आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।
Leave a Reply