Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजियो : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताएका छन् ।

एमसीसीले देशको विकासमा सहयोग पुर्‍याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई सावित गर्न खोजिएको उनले बताएका हुन् ।

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उनले समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, “सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ । झुटलाई सत्य बनाउन खोजिन्छ ।” एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजिएको उनले बताए । नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताए ।

ऋण दिने देशले पनि शर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले यो परियोजना असफल बनाउन केही समूह र कम्युनिष्ट लागि परेको आरोप लगाए । विवाद गरेर संसद्मा रोकियो भने यो परियोजना असफल हुने भन्दै उनले सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077