Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुबई उड्न लागेका ३५ जना कलाकारलाई अध्यागमनले फर्काइदियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई विमानस्थलबाटै  फर्काएको छ ।

अध्यागमन स्रोतका अनुसार शुक्रबार ३५ जना कलाकारको टोली सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको थियो ।

तर, यसरी दुबई जान लागेका उनीहरुसँग गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ समेत नरहेको स्रोतले अनलाइन नेपाललाई बतायो।

एकैचोटी ठूलो संख्यामा सांस्कृतिक कार्यक्रमका लागि भन्दै दुबई जान लागेको पाइएपछि शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो', अध्यागमन स्रोतले अनलाइन नेपालसँग भन्यो, ' उनीहरुको साथमा आवश्यक कागजपत्र पनि थिएन।'

[insert page='112148' display='yopanipadhnuhos.php']

[insert page='109144' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077