Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधि स्वीकार्दैनौं: अमेरिकी राजदूत

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी) सम्झौताका नाममा हुने हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएका छन् ।

एमसीसी अनुमोदनका लागि दबाब दिँदै आएको अमेरिकाले परियोजनाविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि अमेरिकी राजदूत बेरीले हिंसालाई उक्सकाउने गतिविधि कदापि नस्वीकार्ने बताए ।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, 'हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।'

पछिल्लो समय एमसीसी संसदमा टेबल गर्ने कुराले दिनहुँ हजारौंले प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077