Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै मन्त्री कार्कीले भने, ‘कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब दुई अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भयो ।’

यस्तै, बैठकले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गर्नेदेखि सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्नेसम्मको निर्णय गरेको छ ।

त्यसैगरी मन्त्री कार्कीका अनुसार बैठकले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077