Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रतिनिधिसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश, अर्को बैठक आइतबार बस्ने

    प्रतिनिधिसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश, अर्को बैठक आइतबार बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७-०७८’ पेश भएको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गरे । एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।



    आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।



    सभामुख अग्निप्रसाद सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आमनागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

    सभामुखको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उनले कार्यसूचीलाई अगाडि बढाएका थिए ।प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार