Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप ग्लोबल छनोट: ओमानविरुद्ध नेपाललाई पहिलो ओभरमै झड्का

काठमाडौँ । ओमानमा जारी आईसीसी टि-२० विश्वकप ग्लोबल छनोट 'ए' नेपालले टस हारेर सुरुवाती ब्याटिङ गरिरहेको छ।

सुरुवाती ब्याटिङ गरेको नेपालले ओमानविरुद्ध पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै गुमाएको छ । आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे ।

ताजा अबस्थामा नेपालले २ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ५ बलमा १ रनमा अविजित छन् भने तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल २ बलमा १ रनमा खेलिरहेका छन्।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077